पोखरामा १ लाख राशीको फुटसल प्रतियोगिता हुने

पाेखरा | असोज २६, २०७९

पोखरामा १ लाख राशीको फुटसल प्रतियोगिता हुने

पोखरा:

 

पोखरामा आगामी कार्तिक १७ देखि १९ गते सम्म वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीले आयोजना गर्ने सो प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

 

उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तुलबहादुर थापाले बताए । 

 

उनका अनुसार उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 

सो प्रतियोगितामा एउटा टिममा ३ जना मात्रै राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संस्थाका महासचिव हेमराज भण्डारीले बताए । ‘हाम्रो सस्ंथाहरु धेरै वडामा सक्रिय छन्, जुन वडा समितिबाट पनि खेलाडीले सहभागिता जनाउन पाउँनेछन्, उनले भने, ‘एउटा टिममा ३ जना मात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान बनाएका छौ ।’

 

सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल उद्योग व्यवसायी महासंघको कुनै एक वडाको सिफारिस गर्नैपर्ने बताए ।

 

उनले उक्त प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन गरिने भण्डारीले बताउदै देशभरबाट करि ७० टिम बढीको सहभागिता रहने बताए । 

 

पोखरा रंगशालाको कभर्डहलमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन् गर्न करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्